नियम ३५
बालबालिका सुधार कार्ययोजना
(१) बाल सुधार गृहले बालबालिकालाई निजको बाबुआमा, परिवार वा संरक्षकसँग पुनर्स्थापना गराउन बाल सुधार गृहमा बालबालिका भर्ना भएपछि बालबालिकाको शारीरिक तथा मानसिक अवस्थाको विश्लेषण गरी देहायका विषय समावेश भएको बालबालिका सुधार कार्ययोजना बनाउनु पर्नेछ:-

(क) परिवार र्‌ समुदायप्रतिको बालबालिकाको धारणा,

(ख) बालबालिकामा परिवार तथा समुदायप्रति नकारात्मक धारणा भएमा त्यसलाई परिवर्तन गराउन अवलम्बन गर्नु पर्ने सामाजिकीकरणका उपाय,

(ग) बालबालिकालाई जीवन र समाजप्रति सकारात्मक भावको विकास गराउने क्रियाकलाप तथा कार्य,

(घ) परिवार बालबालिकाको मनोसामाजिक समस्याको कारण भएको देखिएमा परिवारका सदस्यलाई समेत मनोसामाजिक सेवा । (२) उपनियम (१) को खण्ड (घ) बमोजिमको मनोसामाजिक सेवा बाल सुधार गृहले प्रोवेशन अधिकारीको सहयोग लिई उपलब्ध गराउनु पर्नेछ ।